झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पुरानो मेचीपुलबाट लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खैरो हेरोइनसहित इलामका एक ब्यक्तिलाई पक्राउ गरेको हो ।
पुरानो मेचीपुल हुँदै भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदैं गरेका इलाम नगरपालिका वडा नम्बर ९का ३२ बर्षिय दिपेन्द्र राना मगरलाई प्रहरीले बुधवार साँझ नियन्त्रणमा लिएको हो ।
उनी माथि शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोईन प्लाष्टिक सहित ५ ग्राम २८० मिलिग्राम तथा प्लाष्टिक बाहेक ४ ग्राम फेला परेको थियो ।
खैरो हिरोइनसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















