मंगलबारे।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.सेवा केन्द्र मंगलबारेको आयोजनामा मिक्लाजुङ गाउँपालिका–६ मा पुनर्ताजगी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका कतिपय भ्रमहरू हटाई सदस्यहरूलाई संस्थाप्रति सकारात्मक सोचको विकास गराई अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।कार्यक्रममा सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिना, शेरबहादुर कटुवाल, कृषि प्राबिधिक सन्जित यादबले सहजीकरण गरो थिए ।
कार्यक्रम खाकरबरी सहारा महिला समूहका सदस्य अनुराधा श्रेष्ठको अध्यक्षतामा रहेको थियो । सेवा केन्द्रका फिल्ड मेनेजर प्रकाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ३३ जना सदस्यको सहभागिता रहेको थियो ।
कार्यक्रममा सदस्य र संस्थाबीच प्रगाढ सम्बन्ध बनाउने योजना तथा संस्थाको वस्तु तथा सेवाको जानकारी गराउनुका साथै पशु–पालन, पशु बिमा, तथा सहज कृषि ऋणलाई सदस्य सामु जानकारी गराइएको थियो ।
बचत तथा कर्जा प्रवाहलाई समय अनुरूप जानकारी गराउँदै समूह गुणस्तरीयता कायम गराउने र लघुवित्त सेवालाई अझ समय सापेक्ष बनाउन वित्तीय साक्षरता कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा सस्थाका विषय बस्तु उपर प्रश्न तयार गरि उपस्थित सहभागीहरु बिच हाजिरी जवाफ कार्यक्रम गरि सहि उतर मिलाउने सदस्यलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रमका सहजकर्ताहरूले सदस्यहरुको संस्थाप्रतिको बुझाई अझ फरक तरिकाले गराउँदै जन्मदेखि मरणसम्म सहारा नेपालले गर्ने कार्यक्रमका बारेमा सदस्यहरूलाई सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले प्रस्ट पारेका थिए । यस्तै कृषि सेवाका बारेमा कृषि प्राबिधिक सन्जित यादबले जिज्ञासा समाधान गरेका थिए । कार्यक्रममा सदस्यहरूले महिला लक्षित र उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए ।