झापा । 

भारतीय कारको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१५ भगवती प्लाई फ्याक्ट्रीस्थित ज्यामीरगढीबाट धुलाबारीतर्फ जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जादैं गरेको रातो कलरको WB 7 74AG 1225 नम्बरको कारले गएराति ९ः३० बजे दुई जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट पैदल यात्री भारतको कुच बिहार पश्चिम बंगालका २५ बर्षिय अप्पु राय र सोही स्थानका २० बर्षिय केशव मादक घाइते भएका थिए । उनीहरु दुवै जना  मेचीनगर–१५ हिम शिखर फ्याक्ट्रीमा काम गर्दै आएका थिए । 

ठक्कर दिई घाईते भई उपचारको लागि आम्दा अस्पताल धुलाबारी लगेकोमा उपचारको क्रममा राति ११ः३० बजे अप्पु रायलाई डाक्टरले मृत घोषणा गरेको थिए ।  केशव मादकलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाई उपचार भइरहेको छ । 

ठक्कर दिने कारको तत्काल पहिचान खुलेको थिएन । सो सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले कारको खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेका आज (शनिबार) ११ः२० बजे भारत वेष्ट बेगाल बागडुगाका अन्दाजि २३ बर्षिय रोशन खत्री उक्त नम्बरको कार समेत नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक आनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।