झापा ।

झापा गाउँपालिका–१ सालमाराबाट  खैरो हेरोईन सहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद र लागू औषध ब्यूरो नियन्त्रण शाखा कार्यालय काकँडभिट्टा झापाबाट खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–१ सालमाराका ३६ बर्षीय नसिम अक्तर मिया रसोही स्थानका ३० बर्षीय सलमान मिया छन् । बुधवार दिनको १२ः३० बजेको समयमा भारतबाट नेपालतर्फ BR 37 AA 5380 रमे ७ प ३ नम्बर मोटरसाइकलमा सवार भई आउँदै गरेका उनीहरुमाथि शंका लागी चेकजाँच गरिएको थियो । 

चेकजाँच गर्न खोज्दा उनीहरु भाग्ने क्रममा CF98 पेस्तोलबाट २ राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएर तलासी गर्दा उनीहरुको साथबाट सेतो प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध खैरो हेरोईन जस्तो देखिने लिसाईलो खैरो पदार्थ प्लाष्टिक बाहेक १५० ग्राम १४० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उक्त लागू औषध र मोटरसाइकलहरुसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।