झापा ।
झापाको मेचीनगर नगरपालिका–१२ माईलाबारी टोलमा सञ्चालित एक होटलमा गएराति आगलागी भएको छ । मेचीनगर–१२ माईलाबारीका दामोदर दाहालको दुई तल्ले घरको तल्लो तल्लामामेचीनगर–१३ का प्रदिप लिम्बुले सञ्चालन गरेको होटलमा आज राति १ बजे आगलागी भएको हो ।
लिटल सेफ फास्ट फुड क्याफेमा इन्भटरको तार सर्ट भई अचानक आगलागी हुँदा एउटा फ्रिज, एउटा ¥याक, बिभिन्न ब्राण्डका रक्सिहरु, गल्लामा राखिएको नगद २५ हजार, एउटा इन्भटर, २ वटा ब्याट्री र क्याफे आशिंक रुपमा जलेको छ ।
आगलागीबाट आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र स्थानिय बासीहरुको सहयोगमा राति १ः२० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















