काठमाडौं ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारजनको अवस्था गम्भीर छ। 

बीपी राजमार्गमा पर्ने सुनकोशी गाउँपालिका वडा नम्बर–७ कानढुंग्रीमा बिहीबार साँझ बा ३ ख ८४४५ नम्बरको माइक्रो सडकबाट तल खसेर दुर्घटनामा परेको जिप्रका सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले बताए । 

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १० घर भएका ५० वर्षीय निर्मल गुप्ता रहेका छन्। गम्भीर घाइते भएका गुप्ताको उपचारको क्रममा गएराति काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको हो। 

घाइते ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए। घाइतेको धुलिखेल र ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ।