झापा ।

देशका तराई र उपत्यकाका केही भू–भागमा बिहानको समयमा  केही स्थानहरूमा हुस्सु तथा कुहिरोको लागेको छ । कोशी, मधेस प्रदेशको पश्चिमी तराईका भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी तरार्इका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको रहेको महाशाखाले जनाएको छ  ।