झापा ।
आज तराइका धेरै भू–भागहरूमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना रहेको छ ।
हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेस प्रदेशमा बिहान धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । दिउँसो तथा राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने बागमती प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना साथै तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका धेरै स्थानहरूमा हुस्सुको सम्भावना महाशाखाले जनाएको छ ।


















