बिर्तामोड । 

झापाको बिर्तामोडमा जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सबको सयम थप गरिएको छ । गत माघ ८ गतेदेखि १९ गतेसम्मका लागि महोत्सव सञ्चालन गरिएको भएपनि दुई दिनका लागि समय थप गरिएको हो । 

व्यवसाय प्रर्वद्धनसँगै सुस्ताएको बजारलाई चलायमान बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।

बिर्तामोड ५ स्थित धर्मकाटा रोडमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवको समय दुई दिन थप भएसंगै महोत्सव २१ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए।

अपरान्ह ४ वजेसम्म महोत्सव स्थल प्रवेशलाई निःशुल्क बनाइएको छ । हरेक दिन साँझ स्थानीय कलाकारको प्रस्तुति रहने गरेको छ भने रात्री कालिन समयमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने गरेको छ ।आज साँझ राष्ट्रिय  कमल खत्रीको प्रस्तुति रहेको छ ।