झापा । 

झापाको कनकाई नगरपालिका–४ त्रिवेणी टोलबाट गएराति ८ः३० बजेको समयमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ परेका छन् । 

त्रिवेणी टोलमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा कनकाई–४ का ३१ बर्षिय डम्बरबहादुर माझीलाई चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ६४० मिलिग्राम फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।