झापा ।
झापाको बिर्तामोड नगरपालिका–४ स्थित एभरेस्ट होटल एण्ड लजमा बेहोस अवस्थामा गएराति फेला परेका एक ब्यक्तिको मृत्यु भएको छ । गएराति ११ बजेको समयमा खाना खाएर सुतेका ती ब्यक्ति बेहोस अवस्थामा फेला परेका थिए ।
हल्दीवारी गाउँपालिका–१ गोलधापका अन्दाजी ३० बर्षिय सागर बेस्राको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको धरान उप–महानगरपालिका–१५ घर भई हाल कनकाई नगरपालिका–७ दुर्गापुर बस्दै आएकी बे्रसाकी केटी साथी अन्दाजी २३ बर्षिया मुना बि.क. र होटल सञ्चालकले उपचारको लागि राति १ः२० बजे बिर्तामोडस्थित बिर्तासिटि अस्पताल लगेकोमा चिकित्सकले चेकजाँज गर्दा १ः३५ बजे मृत्यु भइसकेको घोषणा गरेका थिए ।
होटल सञ्चालक बिर्तामोड–५ की अन्दाजी ४८ बर्षिया यामकुमारी उप्रेती र मृतककी साथी मुना बि.क.लाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















