बिर्तामोड ।  

झापाको बिर्तामोड नगरपालिका– २ चारपानेमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । आज (शुक्रवार) बिहान ५ः३० बजेको समयमा चारपानेस्थित पूव–पश्चिम राज मार्गमा दुर्घटना भएको थियो । 

सो सवारी दुर्घटनामा घाइते भएकी बिर्तामोड नगरपालिका–६ जलकन्याकी ६५ बर्षिया चन्द्रकला राईको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो । 

दुर्घटनका समयमा तत्काल नामथर वतन नखुलेको राईलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । महिला पैदलयात्री ती महिलालाई  के कुन सवारी साधनले ठक्कर दिई घाईते भई लडीरहेको अवस्थामा छ भन्ने खबर स्थानीयले ईलाका प्रहरी कार्यालय अनारमनीमा खबर गरेका थिए ।

खवर प्राप्त हुन साथ तत्काल गाडी मोबायल र क्यूआरटी टोली गएर घाईतेलाई उपचारको लागि एम्बुलेन्स मार्फत प्रादेशिक अस्पताल भद्रपुर तर्फ पठाएको थियो । घाइते राईको अवस्था गम्भीर, बोल्न नसक्ने घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनी फेला पारेर अस्पताल पर्ठाको थियो । 

घाईतेलाई प्रादेशिक अस्पताल भद्रपुर पुरÞ्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको डाक्टरले मृत घोषणा गरेका थिए ।  आफन्तलाई जानकारी भईसकेको र घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।