झापा  । 

नेपालभर आज मौसम सफा रहने छ । नेपालमा हाल कुनैपनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 हाल स्थानीय र पश्चीमी न्यूनचापीय बर्षा तथा हिमपात गराउने कुनै प्रणालीको प्रभाव नरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

देशभरका पहाडी भू–भाग, हिमाली भू–भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ, तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।