चारपाने ।
नेपाल दशनामी समाजले झापामा होली पर्व मनाएको छ । नेपाल दशनामी समाज कोशी प्रदेशको आयोजनामा रंगको पर्व ‘होली’ मनाइएको हो । समाजले आज (बिहीवार) बिर्तामोड–२ स्थित चारपानेको पशुराम पार्टी प्यालेसमा छलफल तथा अन्तरक्रियासहित होली मिलन कार्यक्रम गरेको हो ।
समाजका कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) को अध्यक्षतामा भएको होली मिलन कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य तथा केन्द्रिय संरक्षक भरतलाल गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो ।
कार्यक्रममा समाजका केन्द्रिय सह–कोषाध्यक्ष गोबिन्द गिरी, केन्द्रिय सदस्य एलबी गिरी, केन्द्रिय सल्लाहकार बालकृष्ण गिरी, कोशी प्रदेश सल्लाहकार संयोजक चन्द्रप्रसाद गिरी, कोशी प्रदेश सदस्य कृष्णबहादुर बन, सिता भारती, यादव गिरीको आतिथ्य रहेको थियो ।
कार्यक्रममा समाजका झापा पूर्व अध्यक्ष खिलबहादुर गिरी (राजु)। झापा जिल्ला अध्यक्ष केदार गिरी, जिल्ला सदस्य नरबहादुर बन, क्षेत्र नं. ३ का अध्यक्ष शिवलाल गिरी, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीलगायतको आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रममा समाजका तीनै तह र तप्काका बिभिन्न जिम्मेवारीमा रहेका दशनामीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण बिर्तामोड नगर अक्षयकोष संयोजक अर्जुन गिरीले गरेका थिए ।

















