चन्द्रगढी ।
झापाको भद्रपुर–९ स्थित कैलाशेश्वर शिव पान्चायन मन्दिरमा वैशाख १६ गतेदेखि श्रीमदभागवत महापुराण धान्यान्चल ज्ञान महायज्ञ शुरु हुने भएको छ ।
आचार्य पन्डित छन्दुराम भन्डारीको प्रमुख वाचकत्व र आचार्य पन्डित नवीन शरण भट्टराईको पाठ पारायण रहने उक्त महायज्ञको उद्देश्य मन्दिरको स्तर उन्नतिको लागि अक्षय कोष ५० लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको पुराण आयोजक समिति अध्यक्ष चूडामणि मैनालीले जानकारी दिएका छन् ।
मन्दिर परिसरमा आज (बिहीवार) पुराण आयोजक समिति द्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष मैनालीले सो जानकारी दिएका हुनु ।
पुराण आयोजक समिति अध्यक्ष चूडामणि मैनालीको अध्यक्षतामा सम्पन्न अन्तर्कृया कार्यक्रममा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराई, वडा सदय मन्जु पोखरेल र मन्जु राउतका साथै शेरबहादुर चौहान, देवीचरण भन्डारी, दयावती राजवंशीलगायतले श्रीमदभागवत महापुराणलाई सफल बनाउन सुझाव राखेका थिए ।
चक्रपाणी सुबेदीको सन्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वागत रुद्रप्रसाद खतिवडाले गरेका थिए ।

















