झापा ।  

खैरो हेरोइनसहित झापाको काँकरभिट्टाबाट एक जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाटखटिएको प्रहरी टोलीले आज (सोमवार) साँझ ५ बजेको समयमा मेचीनगर–६ स्थित पुरानो मेचीपुलबाट पक्राउ गरेको हो । 

भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटिसफारीमा सवार भई आईरहेका पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–८ बस्ने २५ बर्षिय  जितेन्द्र आङ्देम्वेलाई पक्राउ गरिएको हो । 

शंकास्पद उनको शरिर तलासी लिने क्रममा आङ्देम्वेको मलद्वारबाट निलो रङ्गको प्लाष्टिकको पोका फेला परेकोले थियो । उक्त पोकालाई खोली हेर्दा लिसाईलो पदार्थ जस्तो देखिने खैरो हेरोईन रहेको थियो । 

 उक्त लागूऔषध मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक बाहेक २ ग्राम ८ मिलिग्राम  रहेको प्रहरीले जनाएको छ । लागू औषधसहित उनलाई  नियन्त्रणमा लिएर थप अनुसन्धान  भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।