बिर्तामोड ।
सहारा नेपाल साकोसका कर्मचारीलाई अभद्र व्यवहार गर्ने विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ऋण असुली तागेता गर्न जाने क्रममा अपशब्द, गाली गलौज, हातपात, जुत्ताको माला समेत लगाई भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरी अभद्र व्यवहार गरिएको थियो ।
सो कार्यमा सम्लग्न चन्द्रलाल मगरकी पत्नी माया मगर, नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बू उपर पक्राउ पूर्जी जारी भएको हो ।असार २८ गते मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्र अन्तरगतका कर्मचारी रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मालाई मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले दिएको जानकारी अनुसार उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सादा पोशाकका प्रहरी परिचालन भएसँगै उनीहरु फरार रहेको बताइएको छ ।
मंगलवार सहारा नेपाल केन्द्रीय कार्यालयले जिल्ला प्रशासन कार्यालय झापामा पनि ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उप–निर्देशन दिनेश निरौलासहित सञ्चालक समितिसहितका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सहारा नेपालको केन्द्रीय कार्यालय झापा बिर्तामोड २ स्थित चारपानेमा रहेको छ । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो । संस्थाले कोशी प्रदेशका ६ जिल्लामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।
यसैगरी कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति चौतर्फी निन्दा तथा भत्र्सना भएको छ भने सहकारी संस्था र सहकारी संघसहित सरोकारवाला सवैले अभद्र व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न माग गर्दै आएका छन् ।


















