झापा ।
कोशी प्रदेश प्रहरी विपद व्यस्थापन गुल्म चन्द्रगढीले झापाको हल्दीबारी गाउँपालिकामा सचेतनामूलक कार्यक्रम गरेको छ । आज (बुधवार) २ बजेो समयमा चन्द्रगढी गुल्मबाट प्रहरी निरिक्षक बिन्देश्वर यादवको कमाण्डमा गएको १० जनाको प्रहरी टोली सचेतनामूलक कार्यक्रम गरेको हो ।
गुल्मले हल्दीवारी गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय अगाडि खुल्ला चौरमा सोही वडा क्षेत्रका विद्यायार्थीहरु र स्थानियबासीहरुको उपस्थितिमा विपदु ब्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ ।
एलपी ग्याँसबाट हुन सक्ने जोखिम न्यूनिकरण (अग्नि नियन्त्रण) सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















