सुरुङ्गा ।
प्रणामी व्यवसायी संघ नेपाल जिल्ला कार्य समिति झापाको अध्यक्षमा टहलदास ओली निर्वाचित भएका छन् । श्रीकृष्ण प्रणामी मन्दिर कनकाई नगरपालिका–४ स्थित झापा जिल्ला भरिका ३९ वटा श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्संग भवनहरुको केन्द्र धाम माईधाममा भएको झापा भेलाबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा भएको कार्यक्रममा झापा जिल्ला भरिका प्रणामी व्यवसायीहरुको प्रतिनिधि मुलक उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संयोजक सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाँईले रहेका थिए ।
सो कार्यक्रम समायोजन सत्संग सेवा परिषद झापाले गरेको थियो। समितिका सदस्य दिनोज बजगाँईको संयोजकमा एवं परिषदका सदस्य खड्ग विष्ट तथा श्रीकृष्ण प्रणामी युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडा सदस्य रहेका थिए।
सत्संग सेवा परिषद झापाका अध्यक्ष विष्णु प्रसाईंको अध्यक्ष्यतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सह–कोषाध्यक्ष अर्जुन वाग्लेको प्रमुख आतितथ्य रहेको थियो । यसैगरी कार्यक्रममा प्रणामी व्यावसाय नेपालका केन्द्रिय अध्यक्ष विष्णु वाग्लेको बिशिष्ठ आतिथ्य रहेको थियो।
कार्यक्रममा कोशी प्रदेशकी सांसद सविना कट्टेल बजगाँई, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय सह–कोषाध्यक्ष अर्जुन वाग्ले, श्रीकृष्ण प्रणामी सत्संग झापाका अध्यक्ष विष्णु प्रसाईं, प्रणामी व्यावसाय नेपालका केन्द्रिय अध्यक्ष विष्णु वाग्ले, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष मदन अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।
भेलाले अध्यक्षमा युवा व्यावसायी अध्यक्ष टहलदास ओलीलाई निर्वाचित गरेको छ भने उपाध्यक्ष दिपक शिवाकोटी, गोविन्द कट्टेल, सचिवमा चेतन खतिवडा, सह–सचिवमा दिनेश भट्टराई, कोषाध्यक्षमा मोहन अधिकारी र सह–कोषाध्यक्ष दिपा खरेललाई निर्वाचित गरेको थियो । त्यसैगरी सदस्यमा शंकरप्रसाद पाण्डे, श्यामकुमार बस्नेत, लय–पारसमणि कडरिया, हेमन्त ढकाल, टिकाराम उप्रेती, निर्मला गिरी, सावित्रा आचार्य पाण्डे निर्वाचित भएका थिए।
कार्यक्रममा सत्संग सेवा परिषदका उपाध्यक्ष देवीप्रसाद खनाल, महासचिव कालीप्रसाद रिजाल, युवा परिषद झापाका उपाध्यक्ष कुमार कार्की, बाईजुराज महिला समिति झापाकी अध्यक्ष शान्ता मैनाली, निवर्तमान अध्यक्ष मिरा अधिकारी ओली, शिवसाताक्षी बाणिज्य संघका महासचिव टंक मैनाली, बाणिज्य संघ बिर्तामोडका सदस्य डिल्लीप्रसाद कोइराला, श्रीकृष्ण प्रणामी मन्दिर माईधामका अध्यक्ष भिष्म मैनाली, बाईजुराज अध्यक्ष इन्दिरा आचार्य मैनाली, युवा परिषद अध्यक्ष माणिक संगौला, श्रीकृष्ण प्रणामी नेपालका पदाधिकारी स्थानीय सुन्दर साथहरुको बृहत उपस्थितिमा रहेको थियो । कार्यक्रमको सञ्चालन संयोजक दिनोज बजगाँईले गरेका थिए भने स्वागत मन्तव्य युवा परिषद झापाका अध्यक्ष समर्पण खतिवडाले गरेका थिए।


















