झापा ।  

झापाको गौरादह नगरपालिका–४ जोरघरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति सोही स्थानका स्वर्गीय ललित नेम्वाङकी ५४ बर्षिया चन्द्रमाया नेम्वाङ करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफनै घरदेखी १० मिटर पूर्व उत्तरमा रहेको मोटरबाट पानी खेतमा सिंचाई गर्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको हो । मृत्यु भएर लडिरहेको अवस्थामा उनका छोरा २५ बर्षिय सुशील नेम्वाङले देखेर उक्त लाश घरमा ल्याएर राखेका छन्  । 

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी अधिकृतसहित प्रहरी टोली गएर  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।