बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका–१ मा रहेको विर्तामोड चिल्ड्रेन अस्पतालविरुद्ध  सामाजिक सञ्जालमा आएको भिडियोप्रति अस्पतालले आपत्ती जनाएको छ । अर्जुनधारा नगरपालिका–५ चाँदनी चोककी दिपा गिरीकी ९ महिनाकी छोरी अनुश्री गिरीको उपचारलाई लिएर सामाजिक सञ्जालमा गलत अफवाह फैलाइएको भन्दै अस्तालले उक्त सामाग्रीको खण्डन गरेको छ ।

आज (बिहीवार) अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालले शिशुको उपचारमा कुनै कमजोरी नगरेको र शिशु ठिक भएपछि अस्पतालले अभिभावकको सल्लाह अनुसार डिस्चार्ज गरेको जनाएको छ ।

chlddern

अस्पतालकी अध्यक्ष लीला मैनालीले शिशुको उपचारका क्रममा टाउँकोको इइजी गर्नु पर्ने साथै त्यसपछि मात्रै औषधीको मात्रा मिलाएर डिस्चार्ज गर्न सकिने अभिभावकलाई जानकारी गराएपनि अभिभावकले इइजी पछि गर्ने भन्दै  अस्पतालबाट शिशु लगेको  बताइन् । उनले शिशुलाई कुनै समस्या भएमा तत्काल अस्पतालमा सम्पर्क गर्नुको साटो सामाजिक सञ्जालमा अस्पतालको बदनाम गर्ने नियतले भिडियो बनाएर पोष्ट  गरेको प्रति आपत्ति जनाएकी हुन् ।

भिडियो पोष्टपछि आफुलाई जानकारी हुने बित्तिकै अस्पतालको चिकित्सकसहितको टोली शिशुकै घरमा पुगेर उपचार गर्न अभिभावक अर्थात शिशुका हजुरबुबा रामबहादुर गिरी र आमा दिपा गिरीलाई अनुरोध गर्दासमेत धामीझाँक्री लगाउने भन्दै नमानेको उनले बताइन् । ‘हामी शिशुको घरमै गएर अभिभावकसँग पहिले अस्पताल लगेर शिशुको उपचार गरौं’ अध्यक्ष मैनालीले भनिन् ‘शिशुको अवस्था नाजुक छ उपचारपछि थप कुरा गरौला भन्दापनि शिुशका हजुरबुबा रामबहादुरले मान्नु भएन ।’ उनले थपिन् ‘उहाँले शिशुको उपचारपद्धि पनि जस्ताको तस्तै भएको भन्दै  उपचार गरेको खर्च रकम फिर्ता माग्नु भयो, तर, शिशुलाई जंगली लागेको र धामीझाँक्री लगाउने भन्नुभयो ।’

अस्पतालमा आएका बिरामीलाई उपचार नगर्दा पनि नहुने  गर्दा पनि यसरी अस्पताललाई बद्नाम गर्ने उदेश्यले भिडियो पोष्ट गरेर अस्पतालको बदनाम गर्न खोजिएको उनको भनाई थियो ।  

children

गत साउन २ गते शिशुमा छारे आउने समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । शिशुलाई छारे आएमा प्रयोग गरिने औषधि पटक–पटक प्रयोगले पनि नरोकिएपछि भेन्ट्रिलेटरमा राखेर उपचार शुरु गरिएको अस्पतालका डा. रुपक आचार्यले जानकारी दिए ।

शिशुलाई सुपर रेफ्रक्ट्री रेस्टटस एपिलेप्टिकस नामक रोग लागेको र यो एक प्रकारको दुर्लभ र अनौठो रोग हो । विश्वमा प्रत्येक १० लाखमा ४२ जनालाई यो  रोग लाग्ने गरेको डा. आचार्यले जानकारी दिए ।

डा. आचार्यका अनुसार २४ घण्टासम्म छारे नरोकिए ज्यानको खतरा हुने गर्छ । तर, चिकित्सकको निरन्तरको निगरानी तथा नसिड क्षेत्रबाट राम्री हेरचहारका कारण नानीलाई सफल उच्चार पश्चात अभिाभवककै भनाई अनुसार डिस्चार्ज गरेर  घर पठाइएको उनले बताए । उनले शिशुलाई गरिएको उपचार र डिस्चार्ज गर्दाको अवस्थाको भिडियो अस्पतालमा सुरक्षित रहेकोसमेत जानकारी दिए ।

शिशुका हजुरबुबा रामबहादुर गिरीले आफ्नो सामाजिक सञ्जालमा नानीलाई छारे आइरहेको भिडियो पोस्ट गर्दै अस्पताल तथा चिकित्सक बदनाम गर्ने काम गरेको प्रति अस्पतालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा वास्तिबिकतालाई लुकाएर भ्रम फैलाउने कार्य भएको भन्दै यस्ता भ्रममा नपर्न अस्पतालले सवैमा जानकारीसहित आग्रह गरेको छ । विगत चार वर्षदेखि नवजात शिशु तथा बालबालिकाको सफल उपचार गर्दै आएको अस्पताललाई बद्नाम गर्ने कार्य भएको अस्पतालले जनाएको छ । पत्रकार सम्मेलनमा अस्पतालकी डा. सुजता मैनालीले परिवारले शिशुको उपचार भन्दा पनि आर्थिक बार्गेनिङ गरेको बताइन् । उनले अस्पतालले गलत उपचार नगरेको र रकम फिर्ता गर्न नसक्ने उल्लेख गरिन् ।  

यता गिरी परिवारले भने करिव सात लाख रुपैयाँ खर्च गरेर १६ दिन अस्पतालमा राखेर ल्याएको शिशुको अवस्था भने जस्ताको तस्तै रहेको जनाएको छ ।