झापा । 

 झापाको बिर्तामोड नगरपालिका–५ स्थित कन्चन टोलबाट प्रतिबन्धित लागू औषध तथा औषधी भण्डारण गरेरको अवस्थामा बरामद गरेको छ । आज (बिहीवार) बिहान १०ः२० बजेको समयमा प्रहरीले उक्त लागूऔषध बरामदसँगै बिर्तामोड–५ का ४६ बर्षिय राजेन्द्र पंथाकलाई नियन्त्रणमा लिएको छ । 

राजेन्द्र पंथाकले आफ्नो घरमा प्रतिबन्धित लागू औषध/औषधी भण्डारण गरी राखेको छ भन्ने विषेश सूचनाको आधारमा प्रहरीले उक्त लागू औषध नियन्त्रण गरेको हो । 

लागू ओषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट बाट  गएको संयुक्त प्रहरी प्रहरी टोलीले उक्त घरको भूईतलाबाट माथिल्लो तलाहरुमा जाने सिढी मुनीको खाली भागमा कागजको कार्टुनहरुले छोपी राखेकोअवस्थामा लागूऔषध फेला पारेको थियो । 

प्रहरीले Tramadol Hydrochloride Capsules I.P. Tramol–५० लेखिएको २०,००० (बीस हजार) क्याप्सुल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पंथाकलाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर राखेर थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।