झापा ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले इनरुवा सेवा केन्द्र अन्तरगत एक लाख ५० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ ।
इनरुवा सेवा केन्द्रले आज (मंगलबार) वित्तिय साक्षरता कार्यक्रमसहित साकोसको ऋणि सदस्यलाई एक लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
सगरमाथा सहारा महिला समुहकी सदस्य रम्भाकुमारी मेहताको मृत्युपछि उनका श्रीमान चन्द्रदेव महत्तोलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
समुह अध्यक्ष बन्दनाकुमारी साहको अध्यक्षतामा भएको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ का वडा सदस्य अकलु महत्तोको प्रमुख आतिथ्य रहेको थियो । वित्तिय साक्षरता कार्यक्रममा संस्थाको गतिविधिसहित क्रियाकलापको वारेमा इनरुवा अनुगमन अधिकृत रतन तिम्सिनाले प्रकाश पारेका थिए ।
कार्यक्रममा सहारा नेपाल साकोस इनरुवा अनुगमन अधिकृत तिम्सिना, इनरुवा सेवा केन्द्र प्रमुख सुभास झालगायतको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी भावना विष्टले गरेकी थिइन् ।


















