झापा ।
जबरजस्ती करणी गरी फरार रहेका अभियुक्त पक्राउ पक्राउ परेका छन् । गत माघ महिनाको पहिलो हप्ता तिर झापा गौरादह नगरपालिका–९ झमकचौकका ५० बर्षिय डिकबहादुर राईले झापाका १६ वर्षिया नाबालिगलाई डर त्रास देखाई करणि गरेर फरार रहेका थिए ।
ती बालिकालाई गर्भवती बनाए फरार रहेको राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा घटनाबारे जानकारी गराइएको थियो । जबरजस्ती करणी कसूर दर्ता भई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले प्रतिवादी राईलाई गोप्य रूपमा सुराक लगाई खोजतलास गर्ने क्रममा आज (बुधवार) बिहान १०ः५० बजेको समयमा शिवसताक्षी नगरपालिका–६ शिवगञ्जमा फेला पारि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
फरार अभियुक्त राईलाई आजै मुलुकि अपराध संहिता २०७४ अन्तर्गत जबरदस्ती करणी कसूरमा जिल्ला अदालत झापामा उपस्थित गराई दिन ५ म्याद लिई अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















