बिर्तामोड । 

अखिल नेपाल खेलकुद महासंघ झापाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सुरेश आलेमगरको नेतृत्वमा ३१ सदस्यीय कमिटी चयन गरेको छ । 

आलेमगर अध्यक्ष रहेको महासंघ झापामा उपाध्यक्ष शिव बस्नेत, पंकज शेर्मा र प्रवेशकुमार श्रेष्ठ चयन भएका छन् । यसैगरी सचिवमा सुरेन्द्र गिरी, सह–सचिवमा पुरन भण्डारी र कोषाध्यक्षमा गंगा तुम्वाफो सर्वसम्मत चयन भएका अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज मदन खड्काले जानकारी दिए । 

महासंघ झापाका अध्यक्ष राजु दर्नाको अध्यक्षतामा भएको सम्मलेनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रन्जित तामाङको प्रमुख आतिथ्य रहेको थियो । 

त्यसैगरी कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य तथा झापा संयोजक राजु अचार्य (अग्नि) संठगन  पूर्व फ्याक्सन इन्चार्ज तथा प्रदेश कमिटी सदस्य  डिल्ली घिमिरे (हिक्मत),  प्रदेश कमिटी कुबेर श्रेष्ठ (अरुण ),  नगर कमिटी अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष सुशिला पान्डे, महासघका केन्द्रिय  सदस्य  खडानन्द खतिवडालगायत आतिथ्य रहेको थियो ।