चन्द्रगढी ।

झापाको जलथलस्थित चिल्ड्रेन गार्डेन इङ्लिस स्कुलमा खाद्य स्वच्छता तथा सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।मेची टुरिजम एन्ड हस्पिटालिटी कलेज चन्द्रगढीको आयोजनामा कक्षा ११ र १२ का विद्यार्थीलाई खाद्य स्वच्छता र सुरक्षा सम्बन्धि जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

मेची टुरिजम एन्ड हस्पिटालिटीका निर्देशक नवीन अधिकारीले सहजीकरण गरेको  सो कार्यक्रममा जङ्क फुड पुर्णतया निरुत्साहित गरि खाद्य स्वच्छतामा ध्यान दिनु पर्नेमा जोड दिइएको थियो ।

विद्यालयका कक्षा ११ र १२ का को–अर्डिनेटर कमल पौडेलको अध्यक्षता र  मेची टुरिजम एन्ड हस्पिटालिटीका कलेजका जनसम्पर्क अधिकारी राजु बरालको सन्चालनमा सम्पन्न कार्यक्रममा सहभागीका तर्फबाट दिपिका कार्की र शंकर पौडेलले धारणाराखेका थिए ।