झापा ।
झापाको बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा सञ्चालनमा रहेको एक ग्यारेजमा गएराति आगालागी हुँदा १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिर्तामोड–१ का यदुनाथ मिश्रले सञ्चालन गरेको सवारी साधनहरुको ईन्जिन बनाउन खोलिएको एक तले टिनको छानो, टिनको बेरा भएको ग्यारेजमा अचानक बिधुत सर्ट भएर आगलागी भएको हो । गएराति ११ः१५ बजेको समयमा ग्यारेजमा आगलागी भएको थियो र
आगोलागीबाट इन्जिन बनाउने मेसिन ६ वटा, बनाउन ल्याएको बिभिन्न सवारी साधनहरुको इन्जिन ६÷७वटा र ग्यारेज पूर्ण रुपमा जलेर नष्ट भएको र सोही ग्यारेजमा ममर्ताथको लागि ल्याएको मे १ क ६४४ नम्बरको टिपरको अगाडीको भाग सामन्य जलेर अन्दाजी १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड र भद्रपुर नगरपालिकाको दमकल र स्थानिय प्रहरी तथा स्थानियबासीको सहयोगमा उक्त आगो ११ः५५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















