सुरुङ्गा ।
घरमा रहेका पाँच जना परिवार मध्ये चार जना जटिल रोगको शिकार भएका छन् । ती चार जनाको स्यारसुसार ८३ बर्षिया बृद्धाले गरिरहेकी छिन् । घरसम्म नगरपालिकाको मेयर आवास कार्यक्रम अन्तरगत ती परिवारका भाईले दिएको भिट्टामा निर्माण भएको छ । अहिले त्यो अतिविपन्न परिवारमा उपचारको समस्या त छदै छ तर, बिहान बेलुका चुलो जल्न समेत छरछिमेक र आफन्तको सहयोगको आवश्यकता भएको छ । भनिन्छ गरिव र दुःखीलाई दैवको पनि साथ हुँदैन । त्यस्तै अवस्थामा छन् झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित सिर्जना टोलको मगर परिवार । त्यो अति विपन्न मगर परिवारमा अहिले ब्रजपात नै परेको छ ।
पाँच जनाको परिवार रहेको उक्त मगर परिवारमा घरमुलीसहित चार जनालाई घातक रोग लागेको छ भने उनीहरुको स्यारसुसार ८३ बर्षिया धनमाया मगरले गरिरहेको छिन् । करिव २ बर्षअघिदेखि उक्त परिवारकी छोरी २० बर्षिया किरण मगर हातको औलामा क्यान्सर भएको छ भने करिव एक बर्षअघिदेखि आमा ५० बर्षिया रिता मगरको दुई वटै मृगौला खराव भएर डायोलोसिस गरिरहेकी र एक बर्ष अघि नै छोरा १८ बर्षिया रोहन मगरको फूटवल खेल्ने क्रममा खुट्टामा समस्या भएर अपाङ्तासँगै सुगर पनि भएको स्थानीयले बताए । त्यस्तै घरमुली ५४ बर्षिय कर्णबहादुर मगर पनि १५ दिनदेखि सुगर रोगका कारण दुवै आँखा नदेख्ने अवस्था रहेका छन् ।
मगर परिवारमा काम गर्ने सवै घातक रोगको शिकार भएपछि ८३ बर्षिया धनमायाले उनीहरुलाई सकीनसकी स्यारसुसार त गरिरहेकी छिन् । तर, घर चलाउन भने धौ धौ परिरहेको छ ।
सम्पत्तीको नाममा नगरपालिकाले अर्काको जग्गामा बनाइदिएको घर बाहेक केही नभएको मगर परिवार अहिले स्थानीय छरछिमेकले दया मायाले दिदै आएको खाद्यन्नले घर चलाउन बाध्य भइरहेको धनमायाले बताइन् । ‘मलाई हेरचाह गर्नु पर्ने अवस्थामा सवै परिवार बिरामी भएपछि मैलेनै सकीनसकी उनीहरुको स्यारसुसार गर्न बाध्य छु ।’ उनले आँखाभरी आसु झार्दै भनिन् ।
उनीहरुको समस्या देखेर स्थानीयले चामल, दाल, तेल, नुनलगायतका खाद्य सामाग्री दिइरहेका छन् भने स्थानीयले उक्त टोलबासीसँग आर्थिक सहयोग संकलन गरिरहेका छन् । समाजसेवी तथा स्थानीय युवाहरु शैलेन्द्र बिमली, रोशन चुडाल, जय सुब्वा, जीवन श्रेष्ठ, सन्तोष भुजेल, चन्द्र मगर, प्रेम भुजेल, खोमकुमारी तामाङ, जयन्ती मोक्तानलगायतले स्थानीय छरछिमेकबाट नगद ४२ हजार ९७५ रुपैयाँसमेत मगर परिवारका लागि संकलन गरेको बताइएको छ ।
यसै क्रममा आज कनकाई–३ सुरुङ्गामा युवा तथा समाजिक ब्यक्तित्व किरण बुढाथोकीले मगर परिवारलाई तीन बोरा चामल, नुन, तेल, जुस, बिस्कुटलगायतका खाद्य सामाग्री प्रदान गरेका छन् ।
सोही क्रममा कनकाई नगरपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर राईले मगर परिवारमा दुःखको ब्रजपात नै परेको बताउँदै कनकाई नगरपालिकासँग सहकार्य र छलफल गरेर उनीहरुलाई सकेको सहयोग गर्ने आश्वसन दिएका छन् । सामाजिक व्यक्तित्व युवा उमेश भारतीले पनि मगर परिवारको अवस्था एकदमै दहनीय अवस्था रहेकोले देश तथा बिदेश रहनु हुने धनका धनि सवैले सकेको सहयोग गरिदिन आग्रह गरेका छन् ।
मगर परिवारलाई सहयोग गर्न चाहने मनका धनिले सिद्धार्थ वैंक सुरुङ्गा शाखामा रहेको धनमाया मगर्नीको खाता नम्बर ०२२१५१६४७५८ मा गर्न सकिने छ भने बिरामी किरण मगरको फोन नम्बर ९८०८१०८३६७ मा कल गरेर पनि सहयोग गर्न सकिनेछ ।


















