झापा ।
झापाको बिर्तामोड नगरपालिका–६ स्थित बुट्टावारीमा रहेको चिया पसलमा गएराति आगलागी भएको छ । आगलागीबाट पसलमा भएका सामाग्री जलेर नष्ट हुँदा दुई लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
गएराति ११ः५५ बजेको समयमा सोही स्थानका लालबहादुर तामाङले सञ्चालन गरेको काठ, बाँस र टिनको छानो भएको, चिया पसलमा आगो लागेको थियो ।
उक्त पसलमा रहेको बिधुतिय चुलोबाट तार सर्ट भएर आगो सल्किन गई आगलागी हुँदा पसलमा रहेको काठ र प्लास्टिकको टेबल, फिर्ज र किचनका अन्य सामान जलेर नष्ट भएर दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो प्रहरी, स्थानियबासी र बिर्तामोड नगरको दमकलको सहयोगमा गएराति १२ः२५ बजे नियन्त्रणमा लिइएके थियो । आगलागीको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















