झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज (मंगलबार) दिनको ३ः३० बजेको समयमा दुर्घटनामा घाइते ब्यक्तिको मृत्यु भएको हो ।
इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० नम्बरको भारतिय स्कारपियोको गाडी र बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१६ प.३६६१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कीदा मोटरसाइकल चालक बुद्धशान्ति–१ का ४६ बर्षीय ठाकुर अधिकारी गम्भीर घाईते भएका थिए ।
घाइते उनलाई उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोड लगिएको र उपचारकै क्रममा आज साँझा ५ः४० मृत्यु भएको प्रहरीले जनाएको छ । शव सोहि अस्पतालमा रहेको र दुर्घटनका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















