उदयपुर ।
उदयपुरको बेलका नगरपालिका–२ बाट प्रहरीले बेवारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमवार गााजासहित कार नियन्त्रणमा लिएको हो ।
जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम लागूऔषध गाँजासहित कारलाई नियन्त्रणमा लिएको हो ।
उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तीहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोज तलास तथा थप अनुसन्धान भइरहेको छ ।
यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उप–महानगरपालिका–१७ स्थिबाट सोही स्थानका २२ वर्षीय मौसम राई र योगेन राईलाई ट्रामाडोल–१ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । संकेत तस्वीर


















