झापा । 

 झापाको भद्रपुर नगरपालिका–१० स्थित शत्र बिगेमा धारिलो हतियार प्रहार गरी फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार १२ गते आफ्नै हजुरमालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

सोही स्थानका २७ बर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ बर्षीया खिनमाया सुबेदी (एक्लै बस्ने गरेको) लाई घरमा आई पैसा माग्दा नदिएकोले रिसको आबेगमा आई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएर फारर रहेका थिए । 

फरार रहँदै आएको उनलाई खोजतलासकै क्रममा  आज (सोमवार) ५ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनको घर भद्रपुर–१० स्थित शत्र बिगेबाटै पक्राउ गरेको छ । 

उनलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सुवेदीको बिरुद्धमा यसअघि नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइ पक्राउपुर्जि समेत जारि भइसकेको थियो ।  उनलाई अनुसन्धानको लागि म्याद थप गर्न भोलि मंगलबार जिल्ला अदालत झापामा पेश गरिने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।