चारपाने ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर झापामा तीज विशेष कार्यक्रम गरिएको छ । बिर्तामोड–२ स्थित चारपाने चोकमा आज (मंगलबार) खुल्ला तीज विशेष सांस्कृतिक कार्यक्रम गरिएको हो ।
जेम्स फिटनेट सेन्टर बिर्तामोड–२ चारपानेको आयोजनामा खुल्ला तीज विशेष सांस्कृतिक कार्यक्रम गरिएको छ । सक्रिय सामाजिक महिला नेतृ पार्वता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत फिटनेसका तर्फबाट चित्रकला ओलीले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश फिटनेसका सञ्चालक जेम्स उप्रेतीले पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि ट्राफिक प्रमुख पौडेल, बिर्तामोड–२ का वडाध्यक्ष किशोरकुमार पौडेल, स्मार्ट लेडी अध्यक्ष यशोदा उप्रेती, झापा जिल्ला वडी बिल्डर अध्यक्ष दीप साउदेनलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् । कार्यक्रममा शारिरिक सुगठन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा वडी ग्यारेजका सञ्चालक राम दाहाल, ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र रानामगर (लाफा), नेपाल कलवर सेवा समिति झापाका उपाध्यक्ष मनोजकुमार चौधरी, छठ समाज सेवा समिति झापा सह–सचिव बिकी चौधरीलगायतको आतिथ्य रहेको थियो । उपस्थित महिला दिदिबहिनीहरुले तीजको गीतमा खुल्ला नाचगान गरेर तीज विशेष सांस्कृतिक कार्यक्रम मनाएका छन् ।


















