शिवसताक्षी ।
नेपालकै सर्वाधिक पुरस्कार राशि भएको प्रथम अन्तर्राष्ट्रिय झापा महिला गोल्डकप आगामी कार्तिक १५ देखी २२ गतेसम्म झापाका हुने भएको छ । झापाको शिबसताक्षी नगरपालिकाको दुधे रंगशालामा उक्त प्रतियोगिता हुने भएको हो । गोल्डकप शुरु हुनु अघि नै यसको चर्चा चुलिएको छ।
यसअघि हुने अन्य गोल्डकपहरूले प्रायः मदिरा वा सूर्तीजन्य उत्पादन बेच्ने उद्योगका सहयोगमा प्रतियोगिता सम्पन्न गर्दै आएका छन्। यसपटक झापा महिला गोल्डकपले त्यस्तो ‘परम्परा’लाई तोड्दै स्वास्थ्यप्रति जिम्मेवार निर्णय गरेको छ।
‘मदिरा र सूर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि प्रत्यक्ष हानिकारक भएकाले यसको प्रचार–प्रसार हाम्रो प्रतियोगितामा हुनेछैन,’ आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले भने।
झापा महिला गोल्डकपको सस्थापक सदस्य खुलाएको आयोजक कमिटीले प्रति सदस्य १० हजार लिने जनाएको छ । सस्थापक सदस्यको लागि विशेष सुबिधा पनि राखेको अध्यक्ष थोप्राले जानकारी दिए ।
सदस्यता लिन पूर्व मिस नेपाल माल्बिका सुब्बा गायक दिपक लिम्बु, विश्व लिम्बु लगायतका थुप्रै सेलिब्रेटी हरुले सदस्य लिइसकेको पनि अध्यक्ष थोप्राले बताए । १ हप्तामा १२० जनाले सदस्य लिइसकेको उनको भनाई छ ।
खेल सम्पन्न गर्न करिब १ करोड लाग्ने सो रकम शिबसताक्षी नगरपालिका, प्रायोजकहरु देशबिदेशमा रहेका सुबेक्छुक तथा शुभचिन्तक र खेलप्रेमी र टिकटबाट जुटाउने आयोजकले जनाएको छ ।


















