बिर्तामोड ।
झापाको बिर्तामोडमा पहिलो पटक अन्तर डोजो कराँते च्याम्पियनसीप हुने भएको छ । भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीको आयोजनामा आगामी भदौ २० गते बिर्तामोडमा प्रतियोगिता आयोजना गरिएको हो । आयोजक संस्थाले आज (शुक्रवार) बिर्तामोडस्थित भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारे जानकारी दिएको हो ।
खेलकूदको विकास र युवा खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार स्थानीय युवा खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने, कराँते खेलको विकास र प्रवद्र्धन गर्ने, युवाहरुलाई खेलकूदमा सहभागी गराउन प्रोत्साहन गर्ने, स्वस्थ जीवनशैलीको महत्वोबारे जनचेतना फैलाउने र खेलकूदको महत्वका बिषयमा जानकारी दिने लक्ष्य रहेको छ ।
प्रतियोगितामा १४ बर्षमुनिका ३५ केजीसम्म समुहका ६४ जना खेलाडीले सहभागीता जनाउने अध्यक्ष थापाले बताए । प्रतियोगिता डब्लुकेएफ र एनकेएफको नियम अनुसार खेलाइने थापाले बताएका छन् । कुनैपनि क्लवबाट ४ जनाले मात्र प्रतियोगितामा भाग लिन सक्नेछन् । यस प्रकारको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजक संस्थाको दावी छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार, दोस्रो हुनेले नगद २५ हजार र तेस्रो र चौथो हुनेले नगद ११÷११ हजार रुपैयाँसहित मेडल, शील्ड, ट्रफी र प्रमाणपत्रहरु पाउने बताइएको छ । प्रतियोगिता भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीमै हुनेछ । प्रतियोगितामा सहभागीताका लागि दर्ता गर्नसमेत प्रत्यक क्लवलाई आव्हान गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ७ देखि ८ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ भने बिर्तामोड–४ वडा कार्यालय र अभिभावकहरुसहित खेलप्रेमीहरुको सहयोगमा सम्पन्न गरिने बताइएको छ । पत्रकार सम्मेलनमा बिर्तामोड–४ का वडा सदस्य केशव श्रेष्ठ, एकेडेमीका अर्का सञ्चालक मुकेश गजमेर, अभिभावकहरुको उल्लेखीय सहभागीता रहेको थियो ।


















