बिर्तामोड ।
झापाको बिर्तामोडस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ८औँ बार्षिकोत्सबको अवसरमा निस्शुल्क स्वास्थ्य शिबिर साथै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
भाद्र १४ गते शनिबार ९भोलि० हुने निस्शुल्क स्वास्थ्य शिबिरमा फिजियोथेरापीमा २०प्रतिशत र ल्याबमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको सञ्चालक नर्वदा भट्टराईले जानकारी दिइन् ।
कार्यक्रममा काठमाण्डौबाट आउनुहुने डा। राजकुमार शाह र डाक्टर एमपिटि फिजियोथेरापिष्ट भगवान शाहद्वारा निस्शुल्क चेकजाँच गरिनेछ ।
शिविरमा कब्जियत, मासु पलाएको, पिनास, अनिन्द्रा, तनाव, एन्जाइटि माइग्रेन, जन्डिस, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट, महिला पुरुष लका यौन समस्या, निसन्तानपन , छालाको एलर्जी, मृगौलाको पत्थरी, जण्डिस, लिभरको समस्या, छातिको दागजस्ता समस्याहरुको परीक्षण तथा उपचार हुने आयोजकले जनाएको छ ।


















