झापा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


















