बिर्तामोड । 

संस्थागत बिद्यालयले आगामी भदौं २३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् । संघीय शिक्षा ऐनमा नीजि बिद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध आन्दोलनरत संस्थागत बिद्यालयहरुले भदौं २३ गतेदेखि काठमाडौं केन्द्रित आन्द्योलनको तयारी गरेका हुन् । 

संघीय शिक्षा ऐनमा नीजि बिद्यालय बन्द गर्ने गरी ल्यान लागिएको नीतिका विरुद्ध आज (विहीवार) बिर्तामोडमा सञ्चार माध्यमसँग अन्तरक्रिया कार्यक्रम गर्दै संस्थागत बिद्यालयहरुले त्यस्तो जनाएका हुन् । 

गत साउन २९ गतेदेखि चरणवद्ध विरोधका कार्यक्रम गर्दै आएका संस्थागत बिद्यालयहरुले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेका छन् । यसअघि संस्थागत बिद्यालयहरुले स्थानीय तहहरु र  प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइसकेका छन् भने बिद्यालयका सवारीसाधन प्रर्दशन र खवरदारी सभालगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् ।  

शिक्षामन्त्री र प्रधानमन्त्री विदेश गएका कारण भदौं १६ देखि १८ गते हुने भनिएको छलफल हुन नसकेको र भदौं २५ र २६ गते हुने भएकाले काठमाडौं जान लागिएको अन्तरक्रियामा बताइयो । निश्चित व्यक्ति र संसदले नीजि बिद्यालयहरु नाफा कमाउन खोलेका गलत भाष्य निर्माण भएकाले संस्थागत बिद्यालयहरुलाई असर पर्ने नीति ल्याइएको अन्तरक्रियामा सहभागी वत्ताहरुले बताए ।  

संस्थागत बिद्यालय बचाउ सघर्ष समिति निर्माण नै गरेर संस्थागत बिद्यालयहरु आन्दोलनमा उत्रिएका छन् । संस्थागत बिद्यालयका संघ/संगठनले संयुक्त रुपमा सघर्ष समिति निर्माण गरेर विरोधका कार्यक्रम गर्दै आएका छन् । आन्दोलनका लागि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, नेपाल मण्टेश्वरी एशोसिएशनलगायतले संयुक्त संघर्ष समिति बनाएका छन् । 

प्याब्सन झापाका कार्यबहाक अध्यक्ष हरिकृष्ण पाठकको अध्यक्षतामा भएको अन्तरक्रियामा औचित्यमाथि प्रकाश पनि उनैले पारेका थिए । हिसानका झापा अध्यक्ष टेकनाथ भण्डारी, एन प्याब्सनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ र प्याब्सनका तर्फबाट गोबिन्द लम्सालले नीजि बिद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीति, कार्यान्यनमा समस्या र चरणबद्ध आन्दोलनका बारेमा जानकारी गराएका थिए । अन्तरत्रियाको सहजीकरण प्याब्सनका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, नेपाल मण्टेश्वरी एशोसिएशनका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।