बिर्तामोड ।
न्यौपाने स्टोरका सञ्चालक तथा कोपिला हाउजिङ एण्ड रियल स्टेट प्रा।लि।का संचालकद्वयले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको राहत कोषमा सहयोग गरेका छन् । आफ्नो जन्म दिनको अवसर पारेर उनीले संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि रकम सहयोग गरेका हुन् ।
बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित छुट्टा÷छुट्टै कार्यक्रमका बीच उनीहरुले संघका वरिष्ठ उपाध्यक्ष तथा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’लाई नगद हस्तान्तरण गरे ।
बिर्तामोडका व्यवसायी डिल्लीप्रसाद न्यौपानेले ३१ हजार ५ सय १९ रुपैयाँ प्रदान गरे भने कोपिला हाउजिङ एण्ड रियल स्टेट प्रा।लि।का संचालक टहलदास ओलीले एघार हजार रुपैयाा प्रदान गरे ।
व्यवसायीको हितका लागि संघले एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गरेको छ । सो कोषमा आफ्नो पनि योगदान रहोस् भन्दै उनीहरले सहयोग रकम प्रदान गरेको बताइएको छ । कोष वृद्धिमा सहयोग पु¥याउने दुवै व्यवसायीलाई संघले कदरपत्रद्वारा सम्मान गरेको छ ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापा , गोमा भट्टराई, महासचिव कुशल खतिवडा सहित संघका पदाधिकारी सहभागी थिए ।


















