सुरुङ्गा । 

दुलाल बन्धु सेवा समाज झापाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । झापाको कनकाई नगरपालिकास्थित कोटी होममा शुक्रवार सम्पन्न भएको अधिवेशनले भागवत दुलालको नेतृत्वमा १५ सदस्यीय झापा कार्यसमिति चयन गरेको छ । 

अधिवेशनबाट अध्यक्षमा भागवत दुलाल, उपाध्यक्ष गोविन्द दुलाल, सचिव होमप्रसाद दुलाल चयन भएका युवा व्यवसायी बासु दुलालले जानकारी दिए ।

यसैगरी सदस्यमा तोकप्रसाद दुलाल, रुद्रलाल दुलाल, दिनेश दुलाल, कृष्ण दुलाल, लोकनाथ दुलाल, लोकनाथ दुलाल चयन भएका छन् । ६ सदस्यपछि थप गर्ने गरी अधिवेशन सम्पन्न भएको बताइएको छ ।