झापा ।
विषम परिस्थितिका कारण बन्द भएको हवाई उडानहरुलाई सुचारु गरिएको छ । जेनजीको प्रदर्शनले उग्ररुप लिएपछि हिजो भदौं २४ बाट बन्द गरिएको हवाई उडानहरुलाई आज (बुधवार) दिनको ३ः३० बजेबाट सुचारु गरिएको हो ।
आज वसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः सुचारु गर्ने निर्णय भएको सम्बन्धित सर्वेमा जानकारी गराएको हो ।
हवाई उडानका लागि विमानस्थल आवागमन गर्नेे यात्रुले आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन आग्रह गरिएको छ ।
विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवत जावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिएर आउनसमेत आग्रह गरिएको जारी सूचनामा छ ।


















