झापा ।
झापाको मेचीनगर नगरपालिका–७ गैरीगाउँमा धारिलो हतियार प्रहार हुँदा एक जनाको मृत्यु भएको छ । गएराति ८ बजेको समयमा चक्कू प्रहार भएको थियो ।
सोही स्थानका ५० बर्षीय नारायण ज्ञवालीले आफ्नै घर कोठामा मेचीनगर–१४ दुवागढीका अन्दाजी ४० बर्षीय मो.फौमोदिनलाई धारीलो हतियार चक्कुले प्रहार गरेका थिए ।
चक्कू प्रहारबाट पेट, ढाड र शरिरको बिभिन्न भागमा चोट लागेर घटना स्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली गएको नारायण ज्ञवाली र उनको श्रीमति सुजता ज्ञवालीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रंणमा रहेका छन् ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक मेचि अस्पताल पठाइएको छ ।


















