झापा । 

जेनजी प्रदर्शनका क्रममा झापाका बिभिन्न कारागारमा रहेका ९२ जना थुनुवा फरार रहेका छन् । गत भदौं २४ गते भएको जेनजीको प्रर्दशनमा झापाका गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भएर अनुसन्धानमा रहेका कैदीबन्दी भागेका छन् । 

 आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर, जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भएर अनुसन्धानमा रहेका थुनुवा भागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, बिर्तामोडस्थित अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना  गरी ९२ जना थुनुवाहरुलाई भगाएको झापा प्रहरीले जनाएको छ ।