धुलाबारी ।
मेचीनगर ९ का सचेत युवा समूहले आज साँझ खुटीडाँगीमा दीप प्रज्वलन गरेका छन्। जिएनजी आन्दोलनमा सहादत प्राप्त युवाहरूको सम्झना स्वरूप समूहले दीप प्रज्वलन गरेको हो।
दीप प्रज्वलनपछि आयोजित कोणसभालाई सामाजिक युवा अभियान्ता शंकर रेग्मी, मन्जिल रसाइली, होमनाथ पौडेल लगायतले सम्बोधन गरेका थिए।
उनीहरूले आन्दोलनबाट उपलब्धिलाई रक्षा गर्दै समाजलाई शान्ति सुव्यवस्था कायम गर्न सचेत युवा समूह जहिले पनि तयार रहेको बताएका छन्। दीप प्रज्वलन कार्यक्रममा बालबालिकादेखि युवा तथा जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।


















