चन्द्रगढी ।

झापाको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको २६ औ साधरण सभामा ‘चन्द्रगढ, चन्द्रगढी सामुदायिक वनवाटिका स्मारिका’ को आज (बुधबार) विमोचन भएको छ ।

उक्त स्मारिकामा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको गतिविधिका साथै वन सम्पदासँग सम्बन्धित अनुसन्धनात्मक लेख, रचना र अन्तर्वार्ता  समावेश छन् ।

भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्मारिकाका प्रधान सम्पादक तारा विविध, सम्पादक मन्डल सम्योजक देवीचरण भण्डारी, सह–संयोजक कृष्ण सुवेदी निराकारका  साथै सम्पादक राजु बराल, मनकुमार डाँगी, हरि पोखरेल, राजु खड्का, कुलप्रसाद भट्टराई, रबिन सुब्बा र हरि नारायण भट्टराईलाई सम्मान गरिएको थियो ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुह अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, समुहका पूर्व अध्यक्ष हिराप्रसाद पोखरेलका साथै कुलप्रसाद भट्टराई, चुडामणि मैनाली, तारा विविध, देवीचरण भण्डारी सरोज र हरि नारायण भट्टराईले शुभकामना मन्तब्य राखेका थिए । 

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले समुहको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको साधरण सभामा साङ्गठानिक प्रतिबेदन सचिव पार्वती मल्ल र आर्थिक प्रतिबेदन कोषाध्यक्ष अनुज खतिवडाले प्रस्तुत गरेका थिए । 

समुहका उपाध्यक्ष गोकुल ढकालको स्वागत र सचिव पार्वती मल्लले सन्चालन गरेको साधरण सभाको औपचारिक कार्यक्रम शुरु हुनु पूर्व जेनजी आन्दोलनमा दिवङ्गत  भएका शहिदप्रति सम्मान गर्दै शोक सभा गरिएको थियो ।