चारपाने ।
रिद्धनाथी गिरी कूल वंश परिवार झापाले चार जोडी दम्पत्तीलाई सम्मान गरेको छ । परिवारले ज्येष्ठताका आधारमा चार दम्पतीलाई सम्मान गरेको हो । बडादशैं तथा शुभ दीपावली २०८२ को अवसर पारेर आयोजित शुभकामना आदान–प्रदान कार्याक्रममा ज्येष्ठ सदस्य चार जोडी दम्पतीलाई सम्मान गरिएको छ ।
रिद्वनाथी गिरी कुलवंश परिवार झापाको आयोजनामा शुक्रवार बिर्तामोड–२ स्थित चारपानेको पुर्शराम पार्टी प्यालेसमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मानीत हुने जोडीहरुमा बिर्तामोड–५ का दलबहादुर गिरी दम्पती, बिर्तामोड–३ बिर्ताबजारका कृष्णकुमार गिरी दम्पती, अर्जुनधारा–५ का तीर्थराज गिरी दम्पती र कनकाई–२ का मनीराम गिरी दम्पती छन् ।
रिद्धनाथी गिरी कूल वंश परिवार झापाका अध्यक्ष सुरेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय अध्यक्ष गोविन्दबिक्रम गिरीको प्रमुख आतिथ्य, समाजका केन्द्रिय संरक्षक भरतलाल गिरी र समाजका झापा अध्यक्ष केदार गिरीको बिशेष आतिथ्य रहेको थियो ।
स्वागत रिद्धनाथी गिरी कूल वंश परिवार झापाका उपाध्यक्ष बालकृष्ण गिरीले स्वागत गरेको कार्यक्रममा सचिव गणेशमान गिरीले संस्थाको उदेश्य, महत्व र आयव्यय विवरण पेश गरेका थिए । कार्यक्रमको सञ्चालन रिद्धनाथी गिरी कूल वंश परिवार झापाका सदस्य तथा दशनामी समाज झापाका सचिव युवराज गिरीले गरेको कार्यक्रम व्यवस्थापन तथा सदस्य बिदुर गिरीले जानकारी दिए ।


















