झापा । 

हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आंशिक  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  आज दिउँसो दिउँसो कोशीलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भु–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानहरूमा बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भु–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती  र गण्डकी प्रदेशकोको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।