झापा ।
झापा दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्रि सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहान ९ बजेको समयमा आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले पैदलयात्री गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा दमक–५ का ४२ बर्षीयाकी देवी बिकलाई ठक्कर दिई दुर्घटना हुँदा पैदल यात्रीको टाउको, दुबै हात र खुट्टा, शरिरमा गम्भीर चोट लागेको थियो । घाइते उनलाई उपचारको लागि खरखरे आम्दा अस्पताल ल्याएर उपचार भईरहेकोमा १०ः१० बजे डाक्टरले मृत्यु घोषणा गरेका थिए ।
लास पोष्टमार्टमको लागि दमक अस्पताल दमक पठाईएको र मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिकाका–६ का २३ बर्षीय निराजन बिष्टलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















