बिर्तामोड ।
जेनजी प्रदर्शनपछि प्रहरी कार्यालय बिस्थापित भएसँगै शान्ति सुरक्षाको चुनौती बढेपछि युवा तथा सामाजिक व्यक्तित्वहरुको अगुवाईमा बिर्तामोडमा प्रहरी र ट्राफिक प्रहरी कार्यालय पुनःनिर्माण र मर्मत सम्भार शुरु गरिएको छ ।
पाथिभरा ढुवानी सेवाका सञ्चालक युवा तथा सामाजिक व्यक्तित्व देवेन्द्र केसीलगायत युवाहरुको पहलमा क्षतिग्रस्त प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय सरसफाई शुरु गरिएको थियो ।
सामाजिक व्यक्तित्व देवेन्द्रले आफ्नो व्यक्तिगत लगानीमा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएका सामाग्री पन्साउने र सरसफाई गरेसँगै पुनःनिर्माण र मर्मत सम्भार शुरु गरिएको युनिक मेशिनरी ट्रेडर्सका सञ्चालक तथा युवा व्यवसायी बिपिन बजगाँईले जानकारी दिए ।
उनका अनुसार देबेन्द्र केसी, पदम श्रेष्ठ, रमेश चौधरीलगायतको अगुवाईसँगै हाल पुनःनिर्माण तथा मर्मत सम्भार भइरहेको छ । देबेन्द्रले आगामी दिनमा पनि इलाका प्रहरी कार्यालय बिर्तामोड र ट्राफिक प्रहरी कार्यालय झापाको कार्यालयका लागि सक्दो सहयोग गर्ने आश्वसन दिएको युवा व्यवसायी बजगाँईले जानकारी दिएका छन् । असोज ४ गते सरसफाई शुरु गरिएको बताईको छ ।
आज बिर्तामोडमा भएको सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रियामा करिव २८ लाख रुपैयाँ प्रहरी भवन पुनः निर्माणका लागि घोषणा भएको छ ।


















