झापा । 

झापा बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इनरुवा सेवा केन्द्रले ऋण मिनाहा तथा वित्तिय साक्षरता सम्पन्न गरेको छ । 

इनरुवा सेवा केन्द्रले भवानी सहारा महिला समुह, समुह नम्बर ०१८ की सदस्य पुनमदेवी शर्माको श्रीमान लक्ष्मण शर्माको मृत्युपछि एक लाख २० हजार रुपैयाँ ऋण मिनाहा गरेको हो । 

समुह अध्यक्ष राधादेवी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा हरिनगर गाउँपालिका वडा नं १ का वडाध्यक्ष प्रविनप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा आज (शुक्रवार) वित्तिय साक्षरता कार्यक्रमसहित ऋण मिनाहा गरेको थियो ।  

संस्थाको समग्र प्रस्तुति र वित्तिय साक्षरताको सहजीकरण इनरुवा सेवा केन्द्र प्रमुख सुभाष झा र इनरुवा अनुगमन अधिकृत रतन तिम्सिनागरेका थिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्र कर्मचारी भावना बिष्टले गरेकी थिइन् ।